Thursday, July 17, 2025

+२ पछि स्नातक तहमा कानुन पढ्न चाहने बिधार्थीहरूले थाहा पाउनुपर्ने केही कुराहरु

spot_img

+२ पछि कानुन पढेर वकील बन्न उद्देश्य धेरै बिधार्थीहरूको हुन्छ तर बिभिन्न कारणले गर्दा सबैजनाको वकील बन्ने सपना पुरा हुन सक्दैन । नेपालमा कानुन पढ्न चाहने बिधार्थीहरूको संख्यामा धेरै छ तर कानुन पढाउने कलेजहरुको संख्या लगभग दशवटा होला । नेपालमा कानुन पढेर वकील बन्नको लागि कानुन पढाउने कलेजहरुमा एड्मिसन लिन धेरै नै  कम्पिटिशन हुन्छ र त्यो कम्पिटिशनमा मात्र पास भएर हुदैन । मेरीट लिस्टमा कलेजहरुले निर्धारण गरेको सिट संख्या भित्र आफ्नो नाम सुरक्षित गराउनुपर्ने हुन्छ ।

कानुन पढ्न चाहने विद्यार्थीहरुलाई थप चुनौती दिने काम +२ पास भएका अरू संकायबाट आउने बिधार्थीहरू ले दिन्छन । +२ मा कानुन पढाउने कलेजहरु धेरै भए पनि ब्याचलरमा कानुन पढाउने कलेजहरु गिन्ती मा छन् । कानुन पढेर वकील बन्नु सपना पुरा गर्न धेरै बिधार्थीहरूले एक सालमा एड्मिसन नपाएमा दुईतीन साल तयारी गरेर एड्मिसन लिने गरेको देखिएको छ । कानुन पढ्न चाहने बिधार्थीहरू ले कलेजहरुले लिने प्रवेश परीक्षाको लागि कडा भन्दा कडा मिहिनेत गर्नुपर्छ ।

नेपालमा +२ पछि कानुन पढाउने कलेजहरु धेरै नै कम छन । हालसम्म लगभग ९ वटा कलेजहरुले +२ पछि कानुन पढाइरहेका छन् । +२ पछि स्नातक तहमा कानुन पढ्न चाहने बिधार्थीहरूले BA LLB वा BBM LLB पढ्न सक्छन् । BA LLB को पुरा रूप Bachelor of Art and Bachelor of Law हुन्छ र यसमा Art र Law का बिषयहरू पढ्नुपर्ने हुन्छ भने BBM LLB को फुलफर्म Bachelor in Business Management and Bachelor in Law हुन्छ र यसमा Business Management र Law का बिषयहरू पढ्नुपर्ने हुन्छ तर दुबैको समयावधि ५ बर्ष नै हुन्छ ।

नेपालमा BA LLB पढाउने कलेजहरुको संख्या लगभग ८ वटा छ भने BBM LLB पढाउने कलेजको संख्या एउटा मात्रै छ । नेपालमा सबभन्दा पहिले BA LLB प्रोग्राम सुरु गर्ने क्याम्पस नेपाल ल क्याम्पस हो र अहिले लगभग ९ वटा कलेजहरुले पठनपाठन गराउँदै छन् । दुईतीन साल देखि यता पश्चिमाञ्चल बिश्वबिद्यालय, मध्यपश्चिमाञ्चल बिश्वबिद्यालय र सुदुरपश्चिमाञ्चल बिश्वबिद्यालयले BA LLB पढाउन सुरु गरेका छन् जसले गर्दा धेरै विधार्थीहरूलाई राहत भएको छ ।

प्रवेश परीक्षा सम्बन्धी : त्रिभुवन बिश्वबिद्यालयले हरेक साल २८० जनालाई आफ्ना आङ्गिक तथा आंशिक क्याम्पस मिलाएर भर्ना गर्छ । त्रिभुवन बिश्वबिद्यालय संग सम्बन्धित क्याम्पसहरू नेपाल ल क्याम्पस, पृथ्वीनारायण क्याम्पस र नेशनल ल कलेज हुन् । नेपाल ल क्याम्पस र पृथ्वीनारायण क्याम्पस सरकारी क्याम्पस हो र यसमा पढ्दा प्राइभेट क्याम्पसको भन्दा ५०% ले पैसा कम लाग्छ । नेशनल ल कलेज प्राइभेट क्याम्पस हो र नेपाल ल क्याम्पस र पृथ्वीनारायण नारायण क्याम्पसको भन्दा दुईतीन गुणाले बढी पैसा लाग्छ । नेपाल ल क्याम्पस र पृथ्वीनारायण क्याम्पसको फि एउटै हो । त्रिभुवन बिश्वबिद्यालय संग सम्बन्धित क्याम्पसहरूमा एड्मिसन लिन अनिवार्य रूपमा प्रवेश परीक्षा दिएको हुनुपर्छ र मेरीट लिस्टको आधारमा भर्ना लिन्छन् । त्रिभुवन बिश्वबिद्यालयका क्याम्पसहरूमा पढ्न लिने प्रवेश परीक्षा डीन कार्यालयले स्वयं लिन्छ । प्रवेश परीक्षाको लागि नेपाल ल क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा फर्म खोलिएको हुन्छ र परीक्षा पनि । तर अरू बिश्वबिद्यालय संग सम्बन्धित क्याम्पसहरूमा प्रवेश परीक्षा क्याम्पसहरूले नै लिने गर्छन् र मेरीट लिस्टको आधारमा भर्ना लिन्छन् ।

+२ पछि कानुन पढाउने कलेजहरु :

[table “2” not found /]

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित

BALLB Full Form: What You Need to Know Before You Join?

BALLB Full Form Ever wondered what BALLB stands for? It's short for...

नेपालमा लोकतन्त्र र वाक स्वतन्त्रता: सरकारले नयाँ कानुन किन कडा बनाउँदैछ?

नेपालमा वाक स्वतन्त्रता सीमित गर्ने गरी नयाँ कानुन तथा नियमहरू ल्याउने...

अधिवक्ता र वाकीलमा के फरक छ?

के तपाईं कानुनको विद्यार्थी हुनुहुन्छ अनि Lawyer र Advocate बीचमा के...

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

error: