फिरादपत्र भनेको के हो?
देवानी मुद्दाको कारबाही फिरादपत्रबाट शुरु हुन्छ। कुनै व्यक्तिको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले आफ्नो हक, हित वा सरोकार कायम गर्न वा हक प्रचलन गराउन माग गरी अदालतमा पेश गरेको उजुरी, नालिस, दाबी वा निवेदनलाई फिरादपत्र भनिन्छ। फिरादपत्र सरहको बयान वा प्रतिबादीले प्रतिउत्तरपत्रमा उल्लेख गरेको प्रतिदाबीलाई पनि फिरादपत्र सरह मानिन्छ।
कानुनले तोकेको रित ढाँचा पुगे नपुगेको हकदैया भए नभएको, हदम्याद भित्र भए नभएको, मुद्दा हेर्ने क्षेत्राधिकार भए नभएको र अदालती शुल्क दाखिल गरे नगरेको समेतका देहाय बमोजिमका आधारभूत कुराहरु जाँचेर मात्र फिरादपत्र दर्ता गर्नु पर्ने व्यवस्था देवानी कार्यविधि संहिता तथा सो को नियमावलिले गरेको छ।
फिरादपत्र तयार गर्दा फिरादीले ध्यान दिनुपर्ने कुराहरू
- फिराद गर्नुपर्ने विषयको तथ्यगत व्यहोरा र वस्तुस्थिति खुलाउनुपर्छ,
- फिरादपत्र तयार गर्दा वादी र प्रतिवादीको नाम, थर, वतन स्पष्ट खुलाउनुपर्छ,
- कुन अदालतमार्फत फिराद गरिएको छ सबैभन्दा सिरानमा सो अदालतको नाम उल्लेख गर्नुपर्छ,
- फिराद गर्न पर्नुका कारण, कानुनी दफा वा ऐनको आधार र हदम्याद स्पष्ट खुलाउनुपर्छ,
- वादीमाथि अन्याय हुन पुगेको कुराको विस्तृत खुलासा गर्नुपर्छ,
- फिरादपत्रको अन्त्यमा देखि जान्ने, सुनि जान्ने, साक्षीहरूको नाम थर ठेगानासहित सही छाप गराई मितिबन्ध गराउनुपर्छ,
- कोर्ट फि वा फिराद दस्तुर उल्लेख गर्नुपर्छ,
फिरादपत्र दर्ता गर्दा कोर्ट रजिष्टारले ध्यान दिनुपर्ने कुराहरू
फिराद पत्र दर्ता गर्दा मुलुकी देवानी कार्यविधि संहिताकाे दफा ८६, ८९ देखि ९८ सम्म र देवानी कार्यविधि नियमावलीको नियम ९, ११ र १२ अनुसार निम्न कुराहरूको जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ।
- फिरादपत्र देवानी कार्यविधि संहिताको अनुसूची १ बमोजिजको निर्धारित ढाँचामा छ वा छैन,
- अदालतको अधिकारक्षेत्र भित्र पर्छ वा पर्दैन,
- कानून बमोजिम हदम्याद भित्रको छ वा छैन, सम्वद्ध कानून उल्लेख गरेको छ छैन,
- लाग्ने अदालती शुल्क/ दस्तुर दाखिल भएको छ वा छैन,
- बादीको हकदैया पुग्छ वा पुग्दैन,
- दाबीको विषयवस्तु, सम्बन्धित कानून, प्रमाणहरू र माग दाबी स्पष्ट खुलाएको छ छैन,
- लेखाई, प्रस्तुती, शुद्धाशुद्धि, अड्ड, अक्षर, आदि मिलेको छ छैन, अंश मुद्दाको फिराद भए सम्पत्तिको फाँटवारी खुलाएको छ छैन.
- यही विषयमा अन्य अदालतमा नालिस गरे नगरेको व्यहोरा खुलाएको छ छैन,
- संगठित संस्थाको तर्फबाट फिरादपत्र ल्याउने व्यक्तिको हकमा फिरादपत्र दर्ता गर्ने अख्तियारी संलग्न छ छैन,
- सार्वजनिक हित वा सरोकार निहित रहेको विवादमा मुद्दा दर्ता गर्न आएकोमा अलग्गै अनुमतिको निवेदन छ/छैन,
- प्रतिबादीको नामको म्याद बादी आफैँ वा निजको कानून व्यवसायी मार्फत तामेल गर्ने भएमा सो व्यहोरा खुलाएको छ छैन,
- फिरादपत्र जाँच गर्दा उल्लिखित कुराहरूको रित पुगेको भए दर्ता कितावमा दर्ता गरी भरपाई दिनुपर्छ।
- फिरादपत्र साथ पेश गरेको लिखतको प्रतिलिपि सक्कल लिखतसंग रुजु सकल लिखतमा अड्डाको छाप लगाई दस्तखत गरी फिर्ता गर्नुपर्छ ।
- सो बमोजिम रित नपुगेको भए दरपीठ गरी फिर्ता गर्नुपर्छ।
- फिरादपत्र दर्ता गर्दा सोको बिद्युतीय प्रति समेत लिनु पर्छ।
वादीले आफ्नो हक पुग्ने विषयमा मात्र दाबी लिन पाउँछ। हक नपुग्ने विषयमा दाबी लिन सकिँदैन। हक नपुग्ने विषयमा दायर भएको फिरादपत्र खारेज हुन्छ। कानून बमोजिम हक प्रचलनको लागि दाबी लिन चाहाने व्यक्तिले अदालत समक्ष फिराद दिनुपर्छ।
फिरादमा एउटा व्यक्तिले एउटै व्यक्ति उपर देवानी विषयका जतिसुकै विषयमा दाबी लिन सक्छ। एउटै विषयको विवादको सम्बन्धमा एकजना वा जतिसुकैजनाले एकजना वा जतिसुकै जना उपर एउटै फिरादपत्र दिन पाउँछन्।
तर संगठित संस्थाको तर्फबाट फिराद दिन ल्याउने प्राकृतिक व्यक्तिले सो संस्थाको सञ्चालक, सञ्चालक समिति वा व्यवस्थापन समितिको निर्णयबाट अख्तियारी पाएको हुनुपर्छ र सो निर्णयको प्रमाणित प्रतिलिपि फिरादसाथ पेश गर्नुपर्छ।
यदि नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहका कार्यालय, संवैधानिक निकाय वा अदालतको तर्फबाट फिराद दायर गर्दा सो निकायको प्रशासनिक प्रमुखको रूपमा काम गर्ने व्यक्तिबाट दायर हुनुपर्छ।
अदालतबाट मुद्दा डिसमिस, खारेज, फैसला वा मिलापत्र भएको कारणबाट तेस्रो पक्षको हकमा असर परेमा त्यस्तो मर्का पर्ने पक्षले सो फैसला वा मिलापत्र बदर गराई आफ्नो हक कायम गर्नको लागि थाहा पाएको मितिले ३५ दिन भित्र फिराद दिन पाउँछ।
फिराद पात्रको ढाँचा
यो पनि पढ्नुहोस्: जाहेरी दरखास्त भनेको के हो र जाहेरी दरखास्त दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरु के-के हुन्?
This is very important knowledge about civil law
I studied in class 11 law.I need all law subject note
Please bro school of jurisprudence in Nepali
Please bro school of jurisprudence in Nepali