Thursday, August 14, 2025

मुचुल्का भनेको के हाे ? मुचुल्का कति किसिमको हुन्छ ?

spot_img

मुचुल्का भनेको के हो?

सामान्य अर्थमा भन्दा खेरी, मुचुल्का भनेको कुनै पनि घटना वा कामकाजमा गराई रहेको ब्यक्तिको बारेमा थाहा पाउने ब्यक्ति द्वारा सर्जमिन गर्ने लिखित रुपमा तयारी गरिएको कागज हो । मुचुल्का भनेको कुनै काम गर्दा खेरी उक्त काम भएको हो वा होईन भनि देख्ने जान्ने वा थाहा पाउने ब्यक्तिहरुको रोहबरमा राख्ने ब्यक्तिहरुले अपराध वा सम्बन्धित कुरामा गरिएको कागजलाई बुझिन्छ ।

यसरी मुचुल्काले अपराधको कारण, अपराधमा संलग्न ब्यक्तिहरु, अपराधको शैली, अपराध पिडित, अपराधमा प्रयोग भएको साधन, अपराधबाट पिडित हुनेको पहिचान, कसुरदार को पहिचान गर्न सजिलो बनाउछ ।

मुचुल्काका किसिमहरु

बिभिन्न आवश्यकता तथा घटनाको आधारमा मुचुल्का फरक फरक किसिमको मुचुल्का बनाइने गरिन्छ, त्यसैले मुचुल्का विभिन्न प्रकारका छन्। ती मध्ये केहिलाई बु्ंदागत रुपमा प्रस्तुत गरिएको छ ।

१. बस्तुस्थिती मुचुल्का:- बस्तुस्थिती मुचुल्का भन्नाले फौजदारी मुद्दाको अनुसन्धानको क्रममा, कुनै घटना , वारदातका बारेमा ब्यक्तिहरुको भनाई वा ब्यक्त गरेका भनाईलाई लिखित रुपमा लेखिएको मुचुल्का हो। यो यथार्थ जनकारी लिन,घटना बारेमा बस्तुस्थिती बुझ्न यो मुचुलका तयार गरिन्छ।

२. खानतलासी मुचुल्का:- कुनेै पनि घटना वा अपराध सँग सम्बन्धित ब्यक्ति वा अभियुक्त माथि शङ्खा भएमा त्यसले लुकाएको वा छुपाएको दसी, प्रमाण रहेको अवस्थामा सो कुराको खानतलासी लिनको लागि तयार गरिएको मुचुल्कालाई खानतलासी मुचुल्का बुझिन्छ। खानतलासी सम्बन्धी मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को अनुसुची १ रअनुसुचि २ ब्यवस्था गरिएको छ। खानतलासी मुचुल्का मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को अनुसुची १३ बमोजिम हुनुपर्दछ।

३. बरामदी मुचुल्का:- अपराध घटेको घटनास्थलमा बरामद, दसी ,प्रमाण, समान वा चिजबस्तु भेटीएको कानुनी रित प्रक्रिया पुरा गरी तयार गरिएको मुचुल्का लिखतलाई बुझिन्छ। यस सम्बन्धी मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को अनुसुची १ रअनुसुचि २ ब्यवस्था गरिएको छ। यो मुचुल्का मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को अनुसुची १३ बमोजिम हुनुपर्दछ।

४. लाशजाँच मुचुल्का:- कुनै ब्यक्तिको मृत्यु भएमा निजको मृत्यु कुन कारणबाट भएको, प्रकृतिक रुपमा भएको कि आफै वा कसैको कर्तब्यबाट भएको भनि पहिचान गर्नका लागि तयार गरिएको मुचुल्कालाई लाशजाँच मुचुल्का भनिन्छ । यो मुचुल्का मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को अनुसुची १४ बमोजिम हुनुपर्दछ।

५. घटनास्थल मुचुल्का:- कुनै पनि घटना वा अपराधिक कार्य भएको, ठाँउ वा स्थानमा, घटनस्थलको वरपरको अवस्था, सम्बन्धित चीज बस्तुको अवस्था आदीको उल्लेख गरी तयार गरिने मुचुल्का लाई घटनास्थल मुचुल्का भनिन्छ। यो अनुसन्धान सम्बन्धी नियमवाली २०७५ को अनुसुची-७ बमोजिमको ढाँचामा हुनुपर्दछ।

६. सनाखत मुचुल्का:- कुनै घटना वा अपराधिक कार्य भएको ब्यक्ति, समान, चिज, बस्तु, स्थान पहिचान गर्न कम्तीमा प्रहरी नायब निरिक्षक दर्जाको प्रहरी कर्मचारीले आफ्नो नेतृत्वमा तयार पारी गरीएको मुचुल्का सनाखत मुचुल्का हो। यो मुचुल्काकाे ढाँचा मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को अनुसुची १७ र अनुसुचि १८ ब्यवस्था गरिएको छ। यो अनुसन्धान सम्बन्धी नियमवाली २०७५ को अनुसुची-१८ मा बमोजिमको ढाँचामा हुनुपर्दछ।

यो पनि पढ्नुहोस् : मस्यौदा भनेको के हाे ? मस्यौदा लेख्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन्?

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Law Scholars Nepal
Law Scholars Nepalhttps://lawscholarsnepal.edu.np/blog
Law Scholars Nepal नेपालमा BALLB Entrance Preparation गराउने सबैभन्दा उत्कृष्ट Institute  हो। यदि तपाईं BALLB वा LLB काे लागि Entrance Preparation Class गर्न चाहनुहुन्छ भने आफ्नो सफल भविष्यका लागि हामीलाई सम्पर्क गर्नुहोस्।
सम्बन्धित

पुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी कानूनी व्यवस्था

पुनरावेदन भनेको के हो? कुनै अदालतले शुरु कारबाही गरी फैसला वा अन्तिम...

प्रमाण परीक्षण भनेको के हो?

मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने...

तारिख भनेको के हो?

मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख...

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

error: