कानूनी मस्यौदा (Legal Drafting) भनेको के हो?
सामान्यतया कानुनी मस्यौदा भन्नाले विस्तृत रूपमा लेखेर तयार पारिएको लेख वा खेसा लाई बुझिन्छ । अर्थात कानुनी लिखतका मस्यौदाकाे अर्थ कुनै पनी कानुनी लिखतलाई अन्तीम रूप दिई पूर्णता प्रदान गर्नु अघि लेखिने प्रारम्भिक रूपरेखा वा खेस्रा भन्ने बुझिन्छ ।
कानुनी रूपमा तयार गरिने जुनसुकै लिखतको नमुनालाई कानुनी मस्यौदा को रुपमा बुझिन्छ । मस्यौदाको नमुना ढाँचा कानुनले तोकेको भए तयार गरिएका मस्यौदा कानुनले तोकीए बमोजीम कानुनी रित पुर्याइ तयार गरिएको हुनुपर्छ।
कानूनी मस्यौदा विभिन्न किसिमका हुन्छन् । जस्तै: देवानी कानुन अन्तर्गत फिरादपत्र, प्रतीउत्तरपत्र, पुनरावेदन पत्र, मिलापत्र, वारिसनामा जस्ता लिखतहरूकाे नमुना तयार पारिन्छ भने फाैजदारी कानून अन्तर्गत पुनरावेदन पत्र, बहसनाेट, अभियाेगपत्र, वेरितकाे आदेश बदर गरि पाउने निवेदन पत्र जस्ता लिखतहरूकाे मस्यौदा तयार गरिन्छ।
कुनै पनि मस्यौदा तयार गर्दा कानुनमा पाेख्त मानिएकाे कानुन व्यवसायी वा कानुनविद् बाट मस्यौदा तयार गर्ने गरिन्छ । सामान्यतया कानुनि मस्यौदा भन्नाले व्यबहारकाे सिलसिलामा कानुनबमोजिम लेखबद्व गरिने घरसारकाे लिखत मात्र नभई अड्डा, अदालत वा सरकारी कार्यालय बाट तयार गरिने लिखत नै कानुनि लिखत भनेर बुझिन्छ ।
कानूनी मस्यौदाका महत्वहरू
कानुनि मस्यौदाकाे महत्त्वलाई निम्नानुसार बुँदागत रु लेख्न सकिन्छ:-
१) व्यक्ति हरू विच भएका विवाद, लेनदेन, सरसहयाेग आदिकाे प्रमाण जुटाउन,
२) समाजमा रहेर घर व्यबहार सञ्चालन गर्न गरिने लेनदेन आदिकाे पहिचान गर्न,
३) अदालतबाट भएका विभिन्न क्रियाकलाप र फैसलाहरूकाे अभिलेखिकरण गर्न,
४) व्यक्ति विच हुने वैनापट्टा, तमसुक , छाेडपत्र, उजुरि, मुचुल्का , भरपाई जस्ता कुराहरू लिखतमा उतार्न र आधिकारिकता प्रदान गर्न ,
५) सम्पतिकाे हक भाेग , हस्तान्तरण गर्ने लिखत तयार गरि रजिस्ट्रेशन गर्न , आदि जस्ता कुराहरूकाे लागि मस्यौदाकाे महत्त्व हुन्छ ।
कानूनी मस्यौदा लेख्दा विचार गर्नुपर्ने कुराहरू
कानुनी मस्यौदा लेख्दा केही महत्वपूर्ण कुराहरु मा ध्यान दिनुपर्ने हुन्छ। मुलुकि देवानि कार्यविधि नियमावलि,२०७५ ले मस्यौदा लेख्दा ध्यान दिनुपर्ने कुराहरूको व्यवस्था गरेको छ । मुलुकी देवानी कार्यविधि नियावली, २०७५ अनुसार फिरादपत्र, प्रतिउत्तर पत्र, निवेदनपत्र, लिखित जवाफ, लिखित प्रतिबाद, पुनरावेदनपत्र जस्ता लिखतमा ´ए` फाेर साइजकाे कागजमा चाैडाई ८.३ इन्च, लम्बाई ११.७ ईन्च साधा नेपाली कागजमा प्रत्येक पृष्ठमा शिर र पुच्छरमा एक इन्चफ वायाँतर्फ १.५ इन्च र दाँयातर्फ ०.५ इन्च तथा पहिलाे पृष्ठकाे हकमा शिरतर्फ ३ इन्च ठाउँ छाेडेकाे हुनुपर्ने व्यबस्था गरेकाे छ र ए फाेर साइजकाे कागजमा माथिबाट ८ से.मि, वाँयातर्फ ४ से.मि र दाँयातर्फ १ से.मि (हस्तलिखित गर्दा पुरै च्यापेर लेख्ने) र तलतिर २.५ से.मि छाेडेर लेख्नु पर्दछ ।
कानूनी मस्यौदा तयार गर्ने व्यक्तिमा हुनुपर्ने गुणहरू
कानुनि मस्यौदा भन्नाले कुनै पनि लिखतलाई अन्तिम रूप दिई लेखिने प्रारम्भिक रूपरेखा वा खेस्रा लाई बुझिन्छ । कुनै पनि कानुनि मस्यौदा तयार गर्दा विशेषज्ञबाट तयार गरिन्छ । मस्यौदा तयार गर्ने व्यक्तिमा विषयवस्तुको ज्ञान, अनुभव, ढाचागत पक्ष राम्रो, शुद्व भाषागत शब्दहरूकाे प्रयाेग गर्न जान्ने, कानुन र नजिरकाे जानकारि भएकाे व्यक्तिले मात्र कानुनि मस्यौदालाई राम्रो अनि प्रभावकारि रूपमा मस्यौदा तयार गर्न सक्छ।
यो पनि पढ्नुहोस् : लेनदेन भनेको के हो ? लेनदेन व्यवहार सबन्धी कानूनी व्यवस्था
Legal drafting ke notes chahiyo
12
12