Thursday, June 19, 2025

खनतलासी मुचुल्का भनेको के हाे?

spot_img

खनतलासी मुचुल्का भनेको के हाे?

खनतलासी मुचुल्का :- अपराधसँग सम्बन्धित व्यक्ति, दसी, प्रमाण रहेको अवस्थामा सो कुराको खनतलासी लिनका लागि तयार गरिने लिखतलाई खनतलासी मुचुल्का भनिन्छ । अपराधसँग सम्बन्धित कुनै पनि वस्तु चिज रहेको शंका लागेको अवस्थामा कुनै पनि व्यक्तिको शरीर, घर, जग्गा, कार्यालय आदिमा खनतलासी लिइन्छ । खनतलासी लिनु अघि खानतलासी लिनु पर्नकाे कारण सहितको लिखित सूचना दिनुपर्ने हुन्छ । खनतलासी गर्नु अघि अनुसन्धान अधिकारीले सम्बन्धित घर धनी व्यक्तिलाई आफ्नो तलासी समेत दिनुपर्छ।

खनतलासी गर्दा महिला मात्र रहने वा बस्न घर कोठाको खनतलासी लिनु परेमा सम्भव भएसम्म अन्य महिलालाई समेत साथमा लिई घरभित्र प्रवेश गरी खनतलासी लिनुपर्छ। तर कुनै महिलाको शरीरको तलासी लिनुपर्दा महिला प्रहरीद्धारा तलासी लिन लगाउनु पर्छ तर महिला प्रहरी नभएको अवस्थामा अन्य कुनै महिलाद्वारा तलासी लिन लगाउनु पर्छ ।

कुनै ठाउँको तत्काल खनतलासी नलिएमा कसुरसंग सम्बन्धित दसी, प्रमाण लोप वा नाश हुन सक्ने वा शंकास्पद व्यक्ति भाग्न वा उमक्ने सक्ने मनासिव कारण भएमा बिना कुनै सूचनाको खनतलासी लिन सकिने छ ।

खनतलासी मुचुल्काकाे ढांचा

खनतलासी मुचुल्का ढाँचा मुलुकी ऐन, २०७४ काे अनुसूची १३ मा व्यवस्था गरिएको छ ।

खानतलासी मुचुल्का भनेको के हाे
मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ अनुसूची -१३

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित

पुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी कानूनी व्यवस्था

पुनरावेदन भनेको के हो? कुनै अदालतले शुरु कारबाही गरी फैसला वा अन्तिम...

प्रमाण परीक्षण भनेको के हो?

मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने...

तारिख भनेको के हो?

मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

error: