कसैले अदालतसमक्ष कसैका उपर फिराद पत्र दर्ता गरेपछि अदालतले फिराद पत्रमा विपक्षी बनाएको व्यक्तिलाई प्रतिउत्तर गर्नको लागि म्याद पठाउँदछन। यसरी अदालतले दिएको म्यादमा विपक्षी गराइएको पक्षले (प्रतिवादीले) फिराद पत्रमा लेखिए बमोजिमको गल्ती वा कसूर गरेको वा नगरेको भन्ने विषयमा समर्थन वा खण्डन गरि कानुनी ढाँचामा रितपूर्वक लेखी अदालत समक्ष पेश गरिने जवाफलाई प्रतिउत्तरपत्र भनिन्छ। प्रतिउत्तर गर्दा अदालतले तोकेको समयभित्र गर्नुपर्दछ्। फिराद पत्रमा लेखिएको कुन-कुन विषयमा सहमति जनाएको छ, सो कुराको उल्लेख गर्नुपर्दछ र कुन कुन विषयमा असहमति जनाएको हो त्यसको खण्डन गर्नु पर्दछ। खण्डन गर्ने क्रममा प्रमाण साथै पेश गर्नुपर्दछ। मुख्य रुपमा फिराद पत्र दिने व्यक्तिको उक्त फिरादपत्र दिन हक पुग्ने नपुग्ने विषयमा, हदम्याद भित्र भए नभएको विषयमा, जुन अदालतमा फिराद पत्र दर्ता भएको छ,उक्त अदालतले उक्त मुद्दा हेर्न पाउने वा नपाउने विषयमा र वादीले लगाएको आरोपबाट छुटकारा पाउनुपर्ने विषयमा खण्डन गर्नुपर्ने हुन्छ। मुलुकी देवानी संहिता २०७४ ले प्रतिउत्तर दस्तुर भनि रू २०० तोकेको छ।
प्रतिउत्तर पत्र भनेको के हो?
हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।
Very helpful for me 🩷