Thursday, June 5, 2025

कानूनी लिखत भनेको के हाे? कानूनी लिखतकाे महत्व उल्लेख गर्नुहोस्।

spot_img

कानूनी लिखत भनेको के हो?

कानूनी प्रयोजनको लागि लेखिएको लिखत कानूनी लिखत हो । कानूनी लिखतकाे मुख्य उद्देश्य भनेको लिखत सम्बन्धि भविष्यमा आइपर्ने विवादलाई सजिलै निरूपण गर्नु हो । व्यावहारिक जीवनमा आइपर्ने कामका लिखतहरू भिन्न विषय क्षेत्रका भिन्न किसिमका हुन्छन् । यस्ता लिखतहरुको ढाँचा पनि भिन्न हुन्छ । यस सन्दर्भमा कानूनी क्षेत्रमा बढी प्रचलनमा रहेका सूचना, निवेदन, घरायासी लिखतअन्तर्गत भरपाई, तमसुक, बैनाबट्टाका साथै अदालती लिखतमा प्रयोग गरिने मुचुल्का, बकपत्र, फिरदपत्र, फैसला आदि कुराहरू पर्दछन् ।

प्रशासनिक कार्यालय, अर्धन्यायिक निकाय तथा न्यायिक निकायमा पेश गरिने लिखतहरु र ती लिखतका आधारमा (ती कार्यालयमा) अड्डा अदालतबाट तयार गरिने थप लिखत लाई कानुनी लिखत भनिन्छ। कानुनी लिखत सम्बन्धित पक्षका लागि लागू गरिन्छ। कुनै पनि उजुरी, जाहेरी दरखास्त निवेदनहरु र त्यसको आधारमा उक्त विषयको कार्यान्वयन सम्म तयार गरिने सम्पूर्ण लिखितलाइ कानुनी लिखत भनिन्छ।

कानूनी लिखतकाे महत्व

कानुनी लिखतका महत्व हरु यसप्रकार छन् :-

१. कानूनी लिखत द्वारा कुनै पनि घटना कामकारबाहीलाई कानुनी प्रक्रिया द्वारा अगाडि बढाउन मद्दत पुर्याउँछ।

२.कानूनी लिखतले भविष्यमा निम्तन सक्ने विभिन्न घटनालाई समाधान गर्न महत्वपूर्ण भूमिका खेल्दछ।

३. कानूनी लिखत रितपूर्वक लेखेको हुँदा सजिलै आफ्नो कुरालाई प्रमाण सहित प्रस्तुत गर्न सकिन्छ।

४. कानुनी लिखतले वास्तविक पीडितको हकमा र सहि कुरालाई छुटाउन मद्दत गर्दछ।

५. कानुनी लिखतका सम्बन्धमा विभिन्न सास्त्रमा परम्परागत रुपमा लेखिएको हुँदा यसले परम्परागत विषयवस्तुलाई पनि झल्काउँछ ।

६. कानूनी लिखतले कानुन अनुसार चल्नुपर्छ भन्ने प्रक्रियालाई अगाडी बढाउछ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Parash Aryal
Parash Aryal
Parash Aryal is Vice Editor-in-chief at Law Scholars Nepal and continuously sharing law related information and knowledge to everyone with the aim of increasing legal awareness in the whole country.
सम्बन्धित

पुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी कानूनी व्यवस्था

पुनरावेदन भनेको के हो? कुनै अदालतले शुरु कारबाही गरी फैसला वा अन्तिम...

प्रमाण परीक्षण भनेको के हो?

मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने...

तारिख भनेको के हो?

मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

error: