Thursday, August 14, 2025

संघ, प्रदेश र स्थानीय तहको उम्मेदवार वा मतदाता हुनलाई चाहिने योग्यता

spot_img

नेपालमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको छ र यि तीन वटै तहको लागि चुनाव हुन्छ र जहाँ मतदाताको योग्यता समान छ भने उम्मेदवारको योग्यता फरक फरक छ। मतदान गर्नलाई मतदाताको उमेर कम्तीमा १८ वर्षको हुनुपर्छ भने प्रतिनिसाभा र प्रदेश सभाको उम्मेदवार हुनलाई २५ बर्ष पूरा गरेको हुनुपर्ने र स्थानीय तहको उम्मेदवार हुनलाई २१ बर्ष पूरा गरेको हुनुपर्छ। तल बुँदागत रूपमा एकदम प्रष्ट पारिएको छ र तलको बुँदा पढेपछि तपाईं कहिल्यै बिर्सनु हुने छैन। त्यसैले राम्रो संग ध्यान दिएर पढिदिन आग्रह गर्दछौं। (Qualifications for candidates and voters in Nepal)

राष्ट्रियसभाको उम्मेदवार हुनको लागि चाहिने योग्यता [ नेपालको संविधानको धारा ८७ ]

१. ३५ बर्ष पूरा गरेको हुनुपर्ने,
२. निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने,
३. नेपाली नागरिक भएको हुनुपर्ने,
४. नैमतक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
५. कुनै संघीय कानूनले अयोग्य नभएको,
६. कुनै लाभको पदमा बहाल नरहेको ।

प्रतिनिधिसभाको उम्मेदवार हुनको लागि चाहिने योग्यता [ नेपालको संविधानको धारा ८७ ]

१. २५ बर्ष पूरा गरेको हुनुपर्ने,
२. सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने,
३. नेपाली नागरिक भएको हुनुपर्ने,
४. नैमतक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
५. कुनै संघीय कानूनले अयोग्य नभएको,
६. कुनै लाभको पदमा बहाल नरहेको ।

प्रदेशसभाको उम्मेदवार हुनको लागि चाहिने योग्यता [ नेपालको संविधानको धारा १७८ ]

१. २५ बर्ष पूरा गरेको हुनुपर्ने,
२. सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने,
३. नेपाली नागरिक भएको हुनुपर्ने,
४. नैमतक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
५. कुनै संघीय कानूनले अयोग्य नभएको,
६. कुनै लाभको पदमा बहाल नरहेको ।

स्थानीय तहको उम्मेदवार हुनको लागि चाहिने योग्यता [ नेपालको संविधानको धारा २२२ ]

१. २१ बर्ष पूरा गरेको हुनुपर्ने,
२. सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने,
३. नेपाली नागरिक भएको हुनुपर्ने,
४. नैमतक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
५. कुनै संघीय कानूनले अयोग्य नभएको,
६. कुनै लाभको पदमा बहाल नरहेको ।

मतदाता हुनको लागि चाहिने योग्यता [ नेपालको संविधानको धारा ८४ र मतदाता नामावली ऐन २०७३ काे दफा ६ काे (ख) ]

१. १८ बर्ष पूरा गरेको हुनुपर्ने,
२. सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने,
३. नेपाली नागरिक भएको हुनुपर्ने,
४. मानसिक सन्तुलन भएको हुनुपर्ने,

(Qualifications for candidates and voters in Nepal) सम्बन्धी जानकरी कस्तो लाग्यो कमेन्ट गरेर बताउनु होला वा कुनै प्रश्न छ भने सोध्नुहोला। यो पोस्ट पढ्नको लागि धन्यवाद।।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित

पुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी कानूनी व्यवस्था

पुनरावेदन भनेको के हो? कुनै अदालतले शुरु कारबाही गरी फैसला वा अन्तिम...

प्रमाण परीक्षण भनेको के हो?

मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने...

तारिख भनेको के हो?

मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

error: