Thursday, June 19, 2025

मुद्दा हेर्दाको प्रथामिकताक्रम – मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४

spot_img

अदालतमा दिनहुँ धेरै किसिमको नयाँ नयाँ आपराधिक मुद्दाको पेश चढेन् तथा फैसला हुने गर्दछ । कस्तो खालको मुद्दाको सुनवाई पहिले अथवा कस्तो मुद्दालाई सुनवाइको क्रममा बढी प्राथमिकता दिने कुरा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ काे दफा १७० काे उपदफा १ मा उल्लेख गरिएको छ । कुनै पनि मुद्दाको पहिलो सुनवाई अधिकार क्षेत्र भएको जिल्ला अदालतले हेर्छ तर उक्त सुनवाईकाे क्रममा अपराधको प्रकृति र दोषीको अवस्था हेरेर मुद्दा सुनवाईकाे प्रक्रियालाई अदालतले प्रथामिकता दिने गर्दछ ।

मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ काे दफा १७० काे उपदफा १ अनुसार अदालतले मुद्दाको कारवाही, सुनवाई र किनारा गर्दा दिने प्राथमिकताक्रम यस प्रकार छ:

(क) अनुसन्धानको सिलसिआमा हिरासतमा रहेको व्यक्ति पक्ष रहेको मुद्दा,

(ख) पुर्पक्षको लागि थुनामा रहेको व्यक्ति पक्ष रहेको मुद्दा,

(ग) कैदमा रहेको पक्षको मुद्दा,

(घ) अपाङ्गता भएका व्यक्ति तथा बालबालिका पक्ष रहेको मुद्दा,

(ङ) शारीरिक अशक्तता भएका वा पचहत्तर वर्षभन्दा बढी उमेरका व्यक्ति पक्ष रहेका मुद्दा,

(च) महिला विरुद्धको हिंसा सम्बन्धी मुद्दा,

(छ) कानून बमोजिम कारबाही वा सुनुवाईमा प्राथमिकता पाउने मुद्दा,

(ज) मुद्दा दर्ताको क्रमबाट पहिले दर्ता भएको मुद्दा ।

मुद्दा हेर्दाको प्रथामिकताक्रम

यो पनि पढ्नुहोस् : नेपालमा कस्तो अपराध गरे आजीवन कैदको सजाय हुन्छ ?

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित

पुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी कानूनी व्यवस्था

पुनरावेदन भनेको के हो? कुनै अदालतले शुरु कारबाही गरी फैसला वा अन्तिम...

प्रमाण परीक्षण भनेको के हो?

मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने...

तारिख भनेको के हो?

मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

error: