Thursday, August 14, 2025

के अठार वर्ष (उमेर) नपुगेका बालबालिकाले अपराध गरेमा सजाय हुँदैन ?

spot_img

के तपाईंलाई अठार वर्ष (उमेर) नपुगेका बालबालिकाले अपराध गरेमा सजाय हुँदैन जस्तो लाग्छ ? यदि लाग्छ भने तपाईंले यो लेखमा थाहाँ पाउनुहुनेछ कि यदि बालबालिकाले अपराध गरेमा कस्तो सजाय र कति वर्षको सजाय हुन्छ । अपराध गर्ने जो कोही हुन्छ सजाय त भोग्नै पर्छ चाहे त्यो उमेर पुगेका होस या उमेर नपुगेका ।

नेपालको कानून अनुसार अठार वर्ष उमेर नपुगेका बालबालिकाहरूलाई नाबालिक भनिन्छ । नबलिकहरुको मा अपराध गर्ने मनसायको विकास भएको हुँदैन जस्तो मान्यता रहेको छ । के सही के गलत, कुन कार्य अपराध हो होइन भन्ने कुरा छुट्याउन सक्ने क्षमताको विकास भएको हुँदैन जस्तो मान्यता रहेको छ ।

त्यही भएर अठार वर्ष नपुगेका बालबालिकाले कुनै अपराध गरेमा उनीहरूलाई हुने दण्ड सजाय र कारवाही गर्ने प्रक्रिया फरक रहेको छ । तर कुनै पनि बालबालिकाहरूले अपराध गरेमा सजाय भोग्नै पर्छ र सजायको भार अपराध गरेका बालबालिकाको उमेर र अपराधको गम्भीरता भर पर्छ ।

कुनै पनि बालबालिका (१८ बर्ष उमेर नपुगेका) ले कुनै अपराध गरेमा के कस्तो सजाय हुन्छ भन्ने कुरा सम्बन्धी व्यवस्था मुलुकी अपराध (सहिता) ऐन, २०७४ काे दफा ४५ ले गरेको छ ।

दफा ४५ ले बालबालिकाले अपराध गरेमा उनीहरूको उमेरलाई आधार मानेर कस्तो सजाय र कतिको सजाय गर्नुपर्छ सम्बन्धी कुरा व्यवस्था गरेको छ । जुन निम्नलिखित छ :

(१) कानून बमोजिम कसूर ठहरिने कुनै काम गर्ने व्यक्तिको उमेर त्यस्तो काम गर्दाका बखत दश वर्ष पुगेको रहेनछ भने निजलाई कुनै सजाय हुने छैन ।

(२) दश वर्ष वा दश वर्षभन्दा माथि र चौध वर्षभन्दा कम उमेर भएको व्यक्तिलाई कैदको सजाय गर्दा बढीमा छ महिनासम्म कैदको सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म सुधार गृहमा राख्न सकिनेछ ।

(३) चौध वर्ष वा चौध वर्षभन्दा माथि र सोन्ह वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसूर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको आधा सजाय हुनेछ।

(४) सोइ वर्ष वा सोड वर्षभन्दा माथि र अठार वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसूर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको दुई तिहाई सजाय हुनेछ ।

यो पनि पढ्नुहोस् : कस्तो अपराध गरेमा नेपालमा आजीवन कैदकाे सजाय हुन्छ ?

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित

पुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी कानूनी व्यवस्था

पुनरावेदन भनेको के हो? कुनै अदालतले शुरु कारबाही गरी फैसला वा अन्तिम...

प्रमाण परीक्षण भनेको के हो?

मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने...

तारिख भनेको के हो?

मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

error: