Thursday, November 20, 2025

नेपालमा कस्तो अपराध गरेमा आजीवन जन्मकैद सजाय हुन्छ?

नेपालमा बसोवास गर्ने प्रत्येक नेपालीले नेपालको कानून पालन गर्नुपर्ने उसको संवैधानिक कर्तव्य हो। प्रत्येक नागरिकले कानुनको पालना गर्नुपर्छ। यदि कुनै व्यक्तिले कानुनको पालना नगरेमा वा कानून बमोजिमको कसुर गरेमा निजलाई कानून बमोजिम दण्ड सजाय वा जरिवना हुन्छ।

अदालतले कुनै पनि कसुरमा दोषी ठहर भएको कसुरदारलाई कसुरको प्रकृति र गम्भीरता हेरेर सजाय निर्धारण गर्दछ। जब कुनै व्यक्तिले साधारण किसिमको कसुर गरेमा निजलाई केही जरिवाना वा एक महिनाको कैद हुन सक्छ भने गम्भीर वा जघन्य प्रकृतिका कसुर गर्ने कसुरदारलाई जन्मकैद वा आजीवन जन्मकैदको सजाय समेत हुन सक्छ।

कस्तो प्रकृतिको कसुर गरेपछि कस्तो सजाय र कति सजाय हुने कुरा नेपालको फौजदारी कानुन मुलुकी अपराध संहिता ऐन, २०७४ ले उल्लेख गरेको छ। कसुरदारलाई कैद वा जरिवाना गर्दा कसुरको प्रकृति र गम्भीरता हेरी सजाय गर्नुपर्छ र सो भन्दा बढी गर्नु हुँदैन भन्ने कुरा फौजदारी न्यायको सिद्धान्त पनि हो। मुलुकी अपराध संहिता २०७४ काे दफा ४० ले कसुरको गम्भिरताकाे आधारमा अपराधीलाई निम्नलिखित सजायको व्यवस्था गरेको छ:

  • जन्मकैद, कैद
  • जरिवाना
  • कैद र जरिवाना
  • क्षतिपूर्ति
  • जरिवाना वा क्षतिपूर्ति नतिरे बापतको कैद
  • कैदको सट्टा सामुदायिक सेवा आदि

त्यस्तै मुलुकी अपराध (संहिता) ऐन, २०७४ काे दफा ४१ ले तल उल्लेख गरिएको ६ वटा कसुर गरेमा कसुरदारलाई आजीवन जन्मकैदकाे सजाय हुने व्यवस्था गरेको छ:

  1. क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको,
  2. वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेको,
  3. अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको,
  4. सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको,
  5. कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको वा
  6. जवर्जस्ती करणी गरी ज्यान मारेको।

यो पनि पढ्नुहोस् : मुलुकी ऐन २०७४ काे महत्वपूर्ण विशेषताहरू

कुनै पनि व्यक्तिले माथि उल्लेख गरिएको ६ वटा कसुर मध्ये कुनै पनि कसुर गरेमा आजीवन जन्मकैदको सजाय हुन्छ। नेपालमा जन्मकैदको सजाय पच्चीस वर्षको छ तर दफा ४१ मा उल्लेखित ६ वटा अपराधहरु गरेमा आजीवन जन्मकैदको सजायकाे हुन्छ। यसरी आजीवन जन्मकैदको सजाय पाएको  व्यक्ति जीवित रहेसम्म जेलमै बस्नुपर्ने हुन्छ।

यो पनि पढ्नुहोस् : फौजदारी कानून भनेको के हो ?

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित

पुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी कानूनी व्यवस्था

पुनरावेदन भनेको के हो? कुनै अदालतले शुरु कारबाही गरी फैसला वा अन्तिम...

प्रमाण परीक्षण भनेको के हो?

मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने...

तारिख भनेको के हो?

मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

error: