Thursday, August 14, 2025

पति वा पत्नीले पत्नी वा पतिकाे मन्जुरी बिना सम्बन्ध विच्छेद गर्न सक्ने आधारहरू

spot_img

सम्बन्ध विच्छेद भनेको त्यस्तो कानूनी प्रक्रिया हो जसको माध्यमबाट श्रीमान् र श्रीमती आफू बीच कायम रहेको वैवाहिक सम्बन्ध अन्त्य गरी छुट्टाछुट्टै बस्छन् । सम्बन्ध विच्छेद भनेको पति र पत्नीबीच कायम रहेको वैवाहिक सम्बन्ध अन्त्य गर्नु हो । मुलुकी देवानी संहिता ऐन, २०७४ ले दफा ९४ र ९५ मा पति र पत्नीले पत्नी र पतिको मन्जुरी बिना पनि देहायको अवस्थामा सम्बन्ध विच्छेद गर्न सक्नेछन् भनेर उल्लेख गरेको छ ।

पतिले पत्नीकाे मन्जुरी बिना सम्बन्ध विच्छेद गर्न सक्ने आधारहरू

मुलुकी देवानी संहिता ऐन, २०७४ काे दफा ९४ ले पतिले पत्नीको मन्जुरी बिना पनि सम्बन्ध विच्छेद गर्न सक्ने अवस्थाहरूको प्रष्ट व्याख्या गरेको छ । त्यस्तो अवस्थामा पतिले पत्नीसंग सम्बन्ध विच्छेद गर्नको लागि कुनैपनि मन्जुरी लिनुपर्ने हुँदैन । ती अवस्थाहरू तल उल्लेख गरिएको छ :-

(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,

(ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,

(ग) पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,

(घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।

पत्नीले पतिको मन्जुरी बिना सम्बन्ध विच्छेद गर्न सक्ने आधारहरू

मुलुकी देवानी संहिता ऐन, २०७४ काे दफा ९५ अनुसार पत्नीले देहायका कुनै अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछिन् ‘

(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,

(ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,

(ग) पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,

(घ) पतिले अर्को विवाह गरेमा,

(ङ) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा,

(च) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित

पुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी कानूनी व्यवस्था

पुनरावेदन भनेको के हो? कुनै अदालतले शुरु कारबाही गरी फैसला वा अन्तिम...

प्रमाण परीक्षण भनेको के हो?

मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने...

तारिख भनेको के हो?

मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

error: