पूरानो मुलुकी ऐन २०२० लाई खारेज गर्दै नयाँ मुलुकी ऐन २०७४ मिति २०७४ साल भाद्र १ बाट लागु भयो । यस मुलुकी ऐनले धेरै वर्ष पुरानो जारी गरिएको मुलुकी ऐनलाई खारेज गरेको छ र समय र परिस्थिति अनुसारको नयाँ कानुन प्रदान गरेको छ जसले गर्दा अहिलेको वर्तमान समाजमा सामाजिक शान्ति, सुरक्षा र न्याय साथपित गर्न सक्छ । नयाँ मुलुकी ऐन २०७४ बदलिदै गएको समयको माग र आवश्यकता पनि थियो । यस मुलुकी ऐनले नेपालको सन्दर्भमा केही नयाँ नयाँ कानूनी व्यवस्थाहरू समेत ल्याएको छ ।
मुलुकी ऐन २०७४ काे निम्नलिखित महत्वूर्ण विशेषताहरू छन् :-
१. वर्तमान समय र आवश्यक्ता अनुसार नेपालको कानूनी र फौजदारी कानूनलाई परिमार्जन गरेको,
२. देवानी र फौजदारी कानुनमा धेरै नयाँ नयाँ कानूनी व्यवस्थाहरू समेटेको,
३. पूरानो मुलुकी ऐन २०२० जस्तो एउटा भागमा नभइ पाँच ओटा छुटै भागमा व्यवस्था भएको,
४. चेक बाउन्सकाे मुद्दालाई फौजदारी मुद्दाको रूपमा राखिएको,
५. पहिलो पटक आजीवन जन्मकैदकाे व्यवस्था भएको,
६. जन्मकैदको सजायमा पाँच वर्ष थपिएको अर्थात् बिस वर्षको जन्मकैदको सजायलाई पचिस बर्ष गरिएको,
७. कुनैपनि मान्छेको सर्वस्व हुनेगरी सजायमा रोक गरिएको,
८. पहिलो पटक Match Fixing सम्बन्धी कानूनको व्यवस्था गरेको,
९. बिहे गर्ने उमेर १८ बर्ष बाट बढाएर २० बर्ष गरेको,
१०. छोरा र छोरी विना कुनै सर्त बराबरको अंशियार हुने ।
यो पनि पढ्नुहोस् :- मुलुकी ऐन भनेको के हाे ?