छोरी भए भनेर न मेरि आमा सन्तुष्टि थिन, न त यो समाज नै हुन त । सुख न मेरि आमाले पाइन न मैले नै किनकी पृतिसतात्मक देशमा छोरी मान्छेले केही गर्न सक्दिन भन्ने हाम्रो मानसिकता जो छ । न यो मेरि आमाले परिवर्तन गर्न सकिन नत मैले नै । सुन्दा छोरी शब्द कति सरल र सहज छ है ?
तर जति सरल उचारण गर्दा यो शब्द को मिठास छ नि त्यो भन्दा भित्र बढी कठिन जिन्दगीको भोगाईमा अनि थुप्रै पिडाहरु गुम्सायेर समाजको सामु झुठो मुस्कान देखयेर मनमा अति पिडा लियर सबैलाई खुशी राख्न सक्ने आट हुन्छ छोरिमा , भन्दा छोरिलाई लक्ष्मी भनेर सम्बोधन गरिन्छ । तर भित्र भित्र विभिन्न लाल्छ्ना लगाइन्छ समाजको सामु दुई चार शब्द केही बोल्यो, खुप बाठी भई तेस्को केही काम छैन भनेर हाम्रो समाजले उस्को उपनाम पागल राखिदिन्छ ।
केही गर्छु भनेर अगाडि बड्न खोज्यो तब पछाडी खुट्टा तानिन्छ , समाजको लागि केही गर्न खोज्यो भो त छोरी होस सक्दिनस रे ? किन छोरिलाई छोरा जस्तै गरि बाच्न ,डुल्न पाउने अधिकार छैन? किन छोरीलाई आफ्ना रहर हरु पूरा गर्ने अधिकार छैन? किन गर्बमा छोरी छ भनेर भुण हत्या गर्छन? किन छोरिलाई कलिलै कोपिलामा चुड्न खोज्छन्?
हैन आखिर संविधानको धारा ३९ मा महिला अधिकार भनेर प्रष्ट उल्लेख गरिएको चै किन सरकार ? महिला अधिकार भनेकै त होला नि छोरिले पाउने आधिकार हो । भने किन यो अधिकार बाट बन्चित छन छोरी मान्छे ? किन ती अधिकारको प्रत्याभुती गराईदैन ? हाम्रो समाज छोरीलाई अझैपनी हेला अनि तिरस्कार गर्ने गरिन्छ भने किन देखावती कानुन बनाउछौ तिमी ?
पुरातनवादी सोच अनि पुरुष प्रधान देशल भएकाले यसै भन्न सकिने अवस्था छैन कि कहिलेबाट चै छोराछोरी बिच समान ब्यवहार गरिन्छ । छोरिलाई छोरी नभनेर र त बोक्सी भन्ने ?
हाम्रो यहि समाज अनि तिमी पुरातनवादी सोच भएका हरु हैनौ र यस्तो परिचय छोरी लाई दिने ? हो अजै भनौ, आज पनि कोहि छोरी मान्छे बलत्कृत भई उसलाई पटक पटक प्रस्न गरिन्छ तलाई कहाँ छोयो? के गर्यो कस्तो भयो भनेर अब तिम्रा ती निर्दोशि अँखा अनि हातहरुले पटक पटक देख्छौँ तर बलत्कारी लाई पक्रन सक्दैन । अब भन गल्ती कस्को ?
छोरी उनी पनि कसैको छोरी हुन, छोरी कसैको बुहारी हुन, छोरी कसैको आमा, हजुरआमा पनि हुन, तर, यो समाजमा छोरीको आफ्नो नाम छैन, ठेगाना छैन, थर पनि छैन । आखिर यो बारे कहिले सोचिन्छ ? किन समजले छोरी लाई बारम्बार छोरी हुनुमै प्रश्न गर्छ ?
अन्ततः आत्महत्या समेत गरेको थुप्रै घटना छन हाम्रो शिक्षित भनौदो समाजमा , छोरिको पीडा आखिर कस्ले कहिले सम्म बुझदिने ? कहिले यो समाज परिवर्तन हुने ? तिमी भद्र बोक्रे लाई के थाहा मुर्ति बन्न एउटा ढुङ्गालाई कति चोट सहनु पर्छ भनेर मुर्तिलाई पो थाहा छ उसले कति दुख कष्ट गरेर मुर्ती भयेको हो भन्ने । हामी आज सम्म आफ्नै पहिचान खोज्न हजारौं चोट सहिरहेका छौ । अजै पनि तिम्रै दमन आखिर कहिले सम्म ? छोरी हरेक परिवारकि खुसी हुन सकिन्छ छोरिलाई सम्मान गर सकिँदैन अपमान पनि नगर । जय नारी ।
✍ : आशिका भट्टराई (कालिकोट )
यो पनि हेर्नुहोस : प्रिय तिमी ( Dear You)