व्यक्ति व्यक्तिबीच वा व्यक्ति र संस्थाबीच वा प्राकृतिक वा कानूनी व्यक्तिबीच कुनैपनि चिज बस्तु वा सम्पत्ति लेनदेन गर्दा आपसी विश्वास र भरोसाको लागि तयार गरिने तथा पारित समेत गरिने लिखतलाइ निजी कारोबारको लिखत भनिन्छ । निजी कारोबार लिखत ऐन २०४५ मा तमसुकका बिभिन्न प्रकार र ढाँचा उल्लेख गरिएको छ । निजि लिखत अन्तर्गत धेरै लिखतहरु पर्दछन् । त्यसमध्ये प्रमुख एक तमसुक पनि हो ।
मुलुकी देवानी संहिता २०७४ को दफा ४७४ देखि ४९२ सम्म लेनदेन व्यवहार सम्वन्धी व्यवस्था छ । त्यसै लेनदेन व्यवहार सम्बन्धी व्यवस्था अन्तर्गत तमसुक पनि पर्दछ ।
तमसुक भनेको के हो ?
तम्सुक भन्नाले दुई पक्ष का बिचमा नगद लेनदेन गर्दा उक्त रकमको सुरक्षा एवं आपसी विश्वास/भरोसा को लागि तयार गर्ने लिखतलाइ बुझिन्छ । हाम्रो दैनिक जीवनमा लेन देन भइरहँदा मौखिक रूपमा लिइएको लेनदेनलाइ कानुनीरुपमा प्रमाण मानीदैन । व्याज अनी सांवा समयमा नबुझाएमा मेरो मेरो घर घराना जायजेथा बाट असुलउपर गरि लीनु भनी ऋणीको विश्वासमा लेखिदिएको कागजलाई कपाली तमसुक भनिन्छ ।
तमसुक लेख्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ?
तमसुक लेख्दा तमसुक लेख्ने अधिकार प्राप्त मान्छेले ध्यान केही कुराहरु नछुटाउने गरि ध्यान गर्नुपर्छ । यदि यी कुराहरु छुटिएमा तमसुकले कानुनी मान्यता पाउदैन । त्यसैले तमसुक लेख्दा तमसुक लेख्ने अधिकार प्राप्त मान्छेले निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।
- पैसा वा कुनै बस्तु लेनदेन गर्दा को साहु हो र को असामी हो प्रष्ट रूपमा खुलाउने,
- साहु र असामीको तीन पुस्ते विवरण तमसुक कागजमा उल्लेख गर्ने,
- साहु, असामी, साक्षी र तमसुक लेख्ने लेखनदास को स्पष्ट नाम र सहि छाप लगाउने,
- पैसा लेनदेन गर्दा कति ब्याजदरमा पैसा दिएको लिएको प्रष्ट खुलाउने,
- पैसा कति साल वा महिनाको लागि दिइएको वा लिइएको हो भनेर प्रष्ट उल्लेख गर्ने,
- तमसुक सधै सरकारी कागजमा लेख्नुपर्छ, साधारण कागजमा लेख्नु हुदैन कुराको ध्यान राख्ने,
- तमसुक लेखिसकेपछि सम्बन्धित वडा कार्यालय वा मालपोत कार्यालयमा दर्ता गराउने,
- लेनदेन किन गरिएको हो र लेनदेन गरिएको पैसा वा बस्तु फिर्ता गर्न नसकिए के कस्तो सर्तहरु व्यहोर्नु पर्ने हुन्छ प्रष्ट लेख्नुपर्छ ।
तमसुक कति किसिमका रहेकाछन् ?
मुख्यता तमसुक चार प्रकारका रहेका छन्। जुन यस प्रकार छन् ।
१. कपाली तमसुक : धितो नलिई असामीको विश्वासमा कुनै ऋण दिई सोबापत गराइदिने प्रमाणित लिखतलाइ कपाली तमसुक भनिन्छ । कुनै धितोबन्धक वा सम्पत्तिको नराखी ब्याज यति प्रतिशतका हिसाबले यो मितिमा बुझाउँला, नबुझाए भाका नाघेमा साउको थैली मेरो घर घरानबाट असुल उपर गरिदिनु भनि असामीको विश्वासमा लेखिदिएको तमसुकलाइ कपाली तमसुक भनिन्छ । यसमा वादीले दशवर्षे को दरले ब्याज बुझाउने कबुल असामीलाइ गरेको हुन्छ। बढी ब्याज तोक्न पाइदैन । तममसुकमा लेखिएको भाकामा असामीले ऋण नबुझाएमा सो रकम दिलाइ पाउ भनि अदालतमा नालेस दिइ भराइ पाउँछ । ब्याज केही पनि असुल नपाएको स्थितिमा दस वर्ष भित्र नालेस दिन सक्छ, यदि तमसुकमा ब्याज को बारेमा लेखिएको रहेनछ भने असामीले सो रकमको ब्याज तिर्नुपर्दैन । पचास हजारभन्दा बढीको कपाली तमसुकलाइ तमसुककै लिखत तयार भएको स्थानको स्थानीय तह बाट प्रमाणित गराउनु पर्दछ ।
कपाली तमसुकको ढाँचा
२. दृष्टिबन्धक तमसुक : असामीले साहुबाट ऋण लिँदा ब्याज यति प्रतिशतका दरले बुझाउला ,बुझाएन भने फलानो चलअचल सम्पत्ति भोगचलन गर्न भनि असामीले साहुलाई लेखिदिएको लेखकलाई दृष्टि बन्धकि तम्सुक भनिन्छ । दृष्टिबन्धकि तमसुकमा साहूको सम्पत्तिको सुरक्षाको लागि धितो राखिएको हुन्छ । दृष्टिबन्धक दिंदा वा लिँदा पाँँच वर्षभन्दा बढी भाका राख्नुहुँदैन । सो भाका नपुगि साउले थैलीमा दाबी गर्न वा चलन गर्न पाउँदैन । दृष्टिबन्धक राखी ऋण लिएकोमा रकम तिर्ने भाका नाघेको मितिले दुई वर्षभित्र साहुले सम्पत्तिको भोगचलन गर्नुपर्छ । चलन गर्न नदिएमा चलाइ माग्न नालेस दिन सकिन्छ । साहुले 10 वर्षसम्म सम्पत्ति भोगचलन गर्न पाउँछ ।
दृष्टिबन्धक तमसुकको ढाँचा
३. भोगबन्धक तमसुक : असामीले ऋण लिए बापत साहुको पैसा नबुझाए सम्म साहुलाई कुनै सम्पत्ति भोग गर्न दिने गरी लेखिदिएको लिखतलाई भोग बन्धकी तमसुक भनिन्छ । भोग बन्धकी तमसुकमा जम्मा भोग गरेपछि साहुले ब्याज दाबी गर्न र असामीले जग्गाको उब्जनीमा दाबी गर्न पाउँदैन । साहुले कुनै कारणले सम्पत्ति भोग गर्न नपाएमा कानुनबमोजिम १० प्रतिशतका दरले ब्याज तिर्नुपर्छ । भोग बन्धकीमा लिएको सम्पत्ति १० प्रतिशतभन्दा बढी भोगचलन गर्न पाइदैन । भोग बन्धकीमा दिएको सम्पत्तिको फिर्ता नलिएमा सो लिखत कपाली तमसुक सरह हुन्छ । भोग बन्धकी सम्बन्धी व्यवस्था मुलुकी देवानी २०७४ को दफा ४३५ देखि ४५३ सम्म गरिएको छ ।
भोगबन्धक तमसुकको ढाँचा
४. लखबन्धक तमसुक : चल अचल सम्पत्ति भोग बन्धक वा दृष्टिबन्धक लिएको साहुले तमसुक बमोजिमको वा सो भन्दा घटी रकम लिई अर्को साहुलाई दृष्टिबन्धक वा भोगबन्धक गरिदिएको लिखितलाइ लख बन्धकी तमसुक भनिन्छ । यो बन्धक माथिको बन्धक हो । लख बन्धकीमा दिएको रकम सुरु थैली बराबर भए सिधै लख बन्धकी कम भए तह तह फिर्ता गर्दै जानुपर्छ । लख बन्धकी दिँदा पहिलो सर्त को प्रतिकूल भए स्वतः बदर हुन्छ । लख बन्धकी दिएर सम्पत्ति साहुले भोग गर्न नपाएमा सो तमसुक स्वतः कपाली तमसुक सरह हुन्छ । मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ४४५ मा लख बन्धकी सम्बन्धी व्यवस्था छ ।
लखबन्धक तमसुकको ढाँचा
कपाली तमसुकको नमुना / कपाली तमसुक कसरी लेख्ने
दृष्टिबन्धक तमसुकको नमुना / दृष्टिबन्धक तमसुक कसरी लेख्ने
लेखक
पारस अर्याल, कानुन बिधार्थी
सदस्य, कानुन बिद् नेपाल ।
यो पनि पढ्नुहोस् : कानुनी निवेदन भनेको के हो ? कानुनी निवेदन लेख्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन् ?
सर म llb ko student hu.pls give me such law matetials @my email.tjank u
फेसबुक पेजमा म्यासेज गर्नु हामी संग भएका सामग्री पठाउछौ ।
kapali tamasuk ko english translation vetinchha …?
Nepal ma ta Nepali Mai lekhne Chalan chha
Malai tamsuk ko format kati chan sabai uplapda garai dinu na la
मलाई लेखापढी को नमुना प्रश्नोतर भए उपलब्ध गराइदिनु होला ।
यो लिखत हरू हस्त लिखित मात्र मान्य हुन्छ की कम्प्युटर बाट प्रिन्ट निकालेर सही छाप गर्दा पनि मान्य हुन्छ ?